काठमाडौं, १७ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा भोलि (शुक्रबार) दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति सार्वजनिक गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
बैठक बोलाउनुअघि पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग आन्तरिक छलफलसमेत गरेका थिए । ती छलफलमा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा महाधिवेशनको व्यवस्थापनबारे विचार–विमर्श भएको बताइएको छ














