काठमाडौं, १७ पुस । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाउँदै मितव्ययी नीति अपनाउने भएको छ ।
आयोगका अनुसार मतपेटिका तथा अन्य सामग्रीको मौज्दात पर्याप्त भएकाले नयाँ मतपेटिका खरिद गरिने छैन र विगतमा प्रयोग भएका सामग्रीहरू पुनः प्रयोग गरिनेछ ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सरोकारवालासँग छलफल, सुरक्षा समिति बैठक, मतदाता शिक्षा तथा सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।














