काठमाडौं, १७ पुस । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।
सरकारी पक्षले पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै दिएको पुनरावेदनमाथि सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश कानुनसम्मत ठहर गरेको हो ।
अब लामिछानेसहित अन्य प्रतिवादीहरू धरौटी बुझाएर तारेखमा बसेर मुद्दा लड्न पाउने भएका छन् ।















