काठमाडौं, १७ पुस । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)का अनुसार सन् २०२५ मा विश्वभर १२८ जना पत्रकारको हत्या भएको छ, जसको आधाभन्दा बढी मध्यपूर्वमा भएको हो ।
गाजा क्षेत्रमा मात्र ५६ जना मिडिया पेशेवर मारिएका छन् । आइएफजेले पत्रकारमाथिको बढ्दो हिंसालाई विश्वव्यापी ‘रेड अलर्ट’ भन्दै दोषीमाथि दण्डहीनता अन्त्य गर्न माग गरेको छ ।
यसैबीच विश्वभर ५३३ पत्रकार जेलमा रहेको तथ्याङ्कले प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती देखाएको छ ।














