काठमाडौं, १६ पुस । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारतबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ ।
२०३३ पुस १६ गते बीपी कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्यलगायत नेताहरू आठ वर्षको निर्वासित जीवन त्यागी नेपाल फर्किएका थिए ।
राष्ट्रियता कमजोर नहोस् भन्ने उद्देश्यले लिइएको यो नीतिले नेपाली राजनीतिमा एकता र सहकार्यको सन्देश दिएको थियो ।
दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।














