काठमाडौं, १६ पुस । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेका कमल थापा नेतृत्वको राप्रपा नेपाल आज राप्रपासँग एकता हुँदैछ ।
दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह आयोजना गरिनेछ । लिङ्देन–थापाबीच दुईबुँदे सहमति भइसकेको छ र राप्रपा नेपालले बैठकमार्फत एकीकरण अनुमोदन गरेको थियो ।
करिब चार वर्षपछि राष्ट्रवादी शक्ति पुनः एकताबद्ध हुन लागेको हो । एकतापछि राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक भूमिका दिने प्रतिवद्धता राप्रपाले जनाएको छ ।














