काठमाडौं, १५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै सबै ११० स्थानमा उम्मेदवारी दिएका छन् ।
पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाइएको हो । २०७८ को जनगणनाअनुसार समावेशी समूहको जनसङ्ख्या प्रतिशतका आधारमा दलहरूले उम्मेदवार छनोट गरेका छन् ।
आयोगले पुस १५ देखि बन्दसूची छानबिन सुरु गर्ने र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । यसैबीच, प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवार मनोनयन हुनेछ ।
आयोगले करिब चार करोड मतपत्र छपाइको तयारीसमेत सुरु गरेको छ ।














