काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा निर्वाचनको वातावरण अझै नबनेको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा उनले राजनीतिक दल र नेतामाथि दबाब र बदनाम गर्ने गतिविधि भइरहेकाले निष्पक्ष चुनावको वातावरण तयार नभएको बताए ।
ओलीले यस्ता अवस्थाबीच चुनाव भए पनि अन्ततः कांग्रेस–एमालेकै सरकार बन्ने दाबी गरे ।














