काठमाडौं, १५ पुस । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकताको सहमति भएपछि उपेन्द्र यादव नेतृत्वको दल मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।
दुई दलका २६ सांसद भएपछि यसअघि सबैभन्दा ठूलो दल रहेको एमाले (२४ सांसद)लाई पछि पारिएको हो । यद्यपि एकीकृत दलको नाम र संगठनात्मक संरचना भने अझै तय भइसकेको छैन।
हाल मधेस प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कृष्णप्रसाद यादव रहेका छन् ।














