काठमाडौं, १५ पुस । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुस १६ गतेदेखि मतपत्र छापिनेछ । सुरुमा समानुपातिकतर्फका मतपत्र छापिनेछन्, किनकि ५८ दल र ६४ चुनाव चिह्न टुंगो लागिसकेको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि १ करोड ९० लाखभन्दा बढी मतदाता अद्यावधिक गरिएको छ भने समानुपातिकतर्फ १० प्रतिशत अतिरिक्त मतपत्र छापिनेछ।
समानुपातिकको काम सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि प्रत्यक्षतर्फका मतपत्र छापिनेछन् ।













