काठमाडौं, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकीकरणसँगै शक्ति र सिट बाँडफाँटमा सहमति भएको छ ।
सहमतिअनुसार उज्यालो नेपालले रास्वपाको केन्द्रीय कमिटिमा ३० प्रतिशत हिस्सा पाउनेछ भने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवारी पाउनेछ ।
कुलमान घिसिङ वरिष्ठ उपसभापति रहने र महामन्त्री उज्यालो नेपालले छनोट गर्ने तय भएको छ । समानुपातिक सूची रास्वपा, उज्यालो नेपाल र बालेन पक्षलाई समेटेर संयुक्त रूपमा बुझाइनेछ ।
सात बुँदे सहमतिमा रवि लामिछाने र अनुपकुमार उपाध्यायले बालेन्द्र शाहको साक्षीमा हस्ताक्षर गरेका छन् ।














