काठमाडौं, १४ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण भएको छ ।
कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालयमा भएको वार्तापछि १० बुँदे सहमतिमा दुई पार्टी एक भएका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति भएको छ ।
एकीकरणपछि दुवै पार्टीका सबै तहका जनप्रतिनिधि नेकपामा समाहित हुनेछन् ।














