काठमाडौं, १४ पुस । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यातेका अजय सोडारी समूहका युवाहरूले सोमबार निर्वाचन आयोगभित्र हुलदंगा गरेका छन् ।
उनीहरूले चुनावी प्रक्रिया बन्द गर्न माग गर्दै नाराबाजी गरे। यसअघि २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि उनीहरूले कार्यक्रमस्थलमै सम्झौता च्यातेका थिए ।
समानुपातिक सूची बुझाउने क्रममा आयोग पुगेका युवाहरूले निर्वाचनलाई धोका भन्दै र प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध समेत नाराबाजी गरेका थिए ।














