काठमाडौं, १४ पुस । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् ।.
पूर्वनिर्धारित मितिमा निर्वाचन नगरी अन्य विकल्प सोचिए देश पुनः दुर्घटनामा पर्न सक्ने उनको चेतावनी छ । निर्वाचनबाटै स्थिरता र विकास सम्भव हुने भन्दै सबै दल सहभागी हुने वातावरण बनेको उनले बताए ।
साथै शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको दायित्वभित्र ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।














