विराटनगर, १४ पुस । भोजपुरबाट उपचारका लागि इटहरी आएकी पबीमाया बयलकोटीको ज्वाइँ गणेश साह गुप्ताले हत्या गरेका छन् ।
घर फर्किनुअघि ज्वाइँको डेरामा पुगेकी बयलकोटीलाई ट्युबेलको हेण्डलले टाउकामा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । छोरी–ज्वाइँबीचको झगडा मिलाउन खोज्दा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
आरोपी गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













