काठमाडौं, १४ पुस । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाबारे बयान दिन तत्कालीन गृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगमा उपस्थित हुँदैछन् ।
उनी दिउँसो १२ बजे आयोगको कार्यालय पुग्ने र त्यसपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
उक्त आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको म्याद माघ ९ गतेसम्म छ ।














