काठमाडौँ, १३ पुस । आइतबार केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको एमालेका सचिव महेश बस्नेतले बताए ।
बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुङ्गाएर भोलि आयोगमा पेस गर्ने निर्णय भएको बस्नेतले बताए ।














