KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सम्मान र स्वाभिमान कायम राख्दै सहकार्यका लागि खुला छौं : कुलमान घिसिङ

सम्मान र स्वाभिमान कायम राख्दै सहकार्यका लागि खुला छौं : कुलमान घिसिङ

काठमाडौं, १३ पुष । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताएको छ ।

एकता सम्भव नभए कम्तीमा साझा एजेन्डामा सहकार्य गरेर अघि बढ्नुपर्ने उनको धारणा छ । पोखरामा आज आइतवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र नयाँ राजनीतिक धारका शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । उनले सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत सहकार्यको बाटो अपनाउनुपर्ने जनाए ।

उनले नेपाली जनताको चाहना पनि यही रहेको उल्लेख गर्दै वैकल्पिक शक्तिहरू एक भएर अघि बढून् र देशलाई नयाँ नेतृत्व प्रदान गरून् भन्ने अपेक्षा जनतामा रहेको बताएको छ । वर्तमान सरकारमा मन्त्रीसमेत रहेका घिसिङले सबैले जनभावनालाई बुझेर त्यसअनुसार कदम चाल्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति सार्वजनिक भएको दिन नै घिसिङको यो अभिव्यक्ति आएको हो । घिसिङले यसअघि बालेन शाहसँग एकता र सहकार्यका विषयमा संवाद अघि बढाएको भए पनि पछिल्लो सहमतिमा आफू सहभागी नभएको देखिएको छ ।

घिसिङले उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबै राजनीतिक शक्तिसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । यसका लागि आवश्यक तयारी भइरहेको र निकट भविष्यमा त्यसको ठोस परिणाम देखिने विश्वाससमेत उनले व्यक्त गरे । उनले भने, पार्टीले आफ्नो पहिचान र गरिमा जोगाउँदै सहकार्यको बाटो रोज्नेछ र त्यस दिशामा भइरहेका प्रयासले चाँडै सकारात्मक नतिजा दिनेछ भन्नेमा आफू आशावादी रहेको बताए।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar