काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी, देश विकास पार्टी र उज्यालो नेपालबीच पार्टी एकताका लागि आज निर्णायक वार्ता हुँदैछ ।
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच अन्तिम सहमति जुटाउने प्रयास भइरहेको छ । प्रस्तावित खाकाअनुसार केन्द्रीय कमिटी र निर्वाचन हिस्सामा लामिछानेले ४० प्रतिशत तथा शाह र घिसिङले २०–२० प्रतिशत पाउने र बाँकी २० प्रतिशत अन्य शक्ति तथा जेनजीका लागि छुट्याउने तयारी छ ।
तर बालेन पक्षले ५० प्रतिशत हिस्साको माग गरेको छ । आगामी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्ने विषयमा भने करिब सहमति बनेको जनाइएको छ । केही विषय टुंगिन बाँकी रहेकाले आज थप छलफल हुने बताइएको छ ।














