जनकपुर, १२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे मागसहित प्रदेशस्तरीय विरोध सभा सुरु गरेको छ ।
कार्यक्रमअन्तर्गत आज विराटनगरबाट विरोध सभा सुरु भएको हो । पुस १४ गते जनकपुर, १५ गते वीरगञ्ज र १७ गते भैरहवामा विरोध सभा आयोजना हुने जनाइएको छ ।
विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । यसअघि जसपाले देशभर शान्तिपूर्ण धर्ना, कोणसभा र जनसभा गर्दै आफ्ना माग उठाउँदै आएको छ ।














