काठमाडौं, ११ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको मुख्य प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन रहेको स्पष्ट पारेका छन् ।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् र निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् ।
सरकार निर्वाचनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफललाई निरन्तरता दिइरहेको छ ।














