काठमाडौं, १९ वैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
उनले शनिबार राजीनामा दिएको जानकारी दिएका हुन् । उनी पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारका पालामा नियुक्त भएका थिए ।
वर्तमान सरकार -बालेन्द्र शाह नेतृत्वले राजनीतिक नियुक्ति खारेज गर्ने तयारीसँगै अध्यादेश ल्याएपछि राजीनामाको शृंखला जारी छ ।
यसअघि दीपक अर्यालसहित त्रिविका अन्य पदाधिकारी तथा धनेश्वर नेपालले पनि पद त्याग गरिसकेका छन् ।














