काठमाडौं, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे छलफल गरेका छन् ।
मन्त्री खरेलले सरकार निर्वाचनका लागि तयार रहेको र सुरक्षा अवस्था मजबुत रहेको जानकारी गराएका छन् ।
उनले एमाले पनि निर्वाचनको तयारीमा रहेको संकेत दिएका छन् भने ओलीले निर्वाचन वातावरणबारे केही शंका व्यक्त गरे पनि चुनाव बहिष्कार गर्ने अवस्था नरहेको बताएका छन् ।














