काठमाडौं, १० पुस । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ज्वागलस्थित सहयोगी कुमान बेनको घरबाट करिब १२ घण्टापछि बाहिरिएका छन् ।
बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म त्यहाँ रहेका उनले दिनभर विभिन्न राजनीतिक भेटघाट गरे।
भेटघाटमा ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बम लगायत नेताहरू र जेन–जी प्रतिनिधिहरू सहभागी थिए ।














