जनकपुर, १० पुस । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र अन्य मन्त्री तथा नेताहरूसँग भेटघाट गर्नुभएको छ ।
बैठकमा प्रदेश सरकारले मानव सूचकाङ्क कमजोर भएको आधारमा अनुदान वृद्धि, राजश्व कार्यालय यथावत् राख्ने, एमबिबिएस कार्यक्रममा आर्थिक अनुदान सुनिश्चित गर्ने, र आन्तरिक राजश्व क्षेत्रमा स्वायत्तता दिने माग राखे ।
अर्थमन्त्री खनालले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि सङ्घ सरकार सकारात्मक रहेको र मागहरूको सम्बोधन प्रयास गरिने जानकारी दिनुभयो ।
बैठकमा प्रमुख सचिव र विभिन्न दलका नेताहरू उपस्थित थिए ।














