काडमाडौं, ३ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित घरबाट प्रहरीले पक्राउ गरेका छन् ।
अभिव्यक्तिमार्फत हिंसा भड्काउने, सार्वजनिक शान्ति भंग गर्ने र कानुनविपरीत उत्तेजनामूलक टिप्पणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताए ।
गिरफ्तारीको आलोचना सुदन गुरुङ, संविधानविद् भीमार्जुन आचार्यलगायतले गर्दै राति घरमै पुगेर पक्राउ गर्नु अनुचित भएको टिप्पणी गरेका छन् ।
तर प्रहरीले अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा उक्साउने छुट कसैलाई नभएको र प्रसाईंका अभिव्यक्ति राष्ट्रिय सुरक्षामा समेत खतरा हुने प्रकारका भएकाले कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्याद दिएर अनुसन्धान सुरु गरिएको छ ।














