जनकपुर, ३ मंसिर । सिमरा बजार क्षेत्रमा जारी कफ्र्यूलाई बेवास्ता गर्दै युवाहरू सडकमा उत्रिएका छन् ।
बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच बढिरहेको तनावले जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासनले कफ्र्यू घोषणा गरेको थिए ।
तर कफ्र्यू लागू रहे पनि सिमराको मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा युवा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्, जसलाई सुरक्षाकर्मीहरूले घर फर्कन माइकिङ गर्दै आग्रह गरिरहेका छन् ।
प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डसम्मको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारका भेला, जुलुस वा प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।
बुधबार बिहान सिमरा बजारमै एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गरेपछि परिस्थिति तनावपूर्ण बनेको थियो ।














