जनकपुर, २ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोड प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका पूर्व सांसद परमेश्वर साह र लोसपाका नेता जिबेन्द्र झा धरौटीमा रिहा भएका छन् ।
अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनीहरूलाई जिल्ला सरकारी वकिलमार्फत सिडियो प्रेमप्रसाद लुईंटेलसमक्ष पेश गरिएको थियो ।
सिडियोले धरौटीमा छोड्ने निर्णय गरेका हुन् । नयाँ मुख्यमन्त्री नियुक्ति विवादपछि उनीहरू कार्यालय तोडफोड, कर्मचारी कुटपिट र राष्ट्रिय झण्डा फाल्ने गतिविधिमा संलग्न रहेको आरोप छ ।
कुटपिटप्रति आपत्ति जनाउँदै कर्मचारी युनियनले कारबाहीको माग गरेपछि प्रहरीले अदालतबाट पुर्जी लिएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।














