काठमाडौं, ३० कात्तिक । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेता राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टीले सबै प्रदेशमा चरणबद्ध रूपमा सभा संचालन गर्ने तयारी छ । तर कुन प्रदेशमा कहिले कार्यक्रम गर्ने भन्ने विषयमा अन्तिम टुंगो लागेको छैन ।
उनले भोलि (सोमबार) साँझसम्ममा प्रदेशगत तालिका सार्वजनिक हुने बताए । नेकपाका अर्का नेता बामदेव गौतमले पनि पार्टी एकताका बारेमा देशव्यापी सन्देश पु¥याउने लक्ष्यसहित सभाहरू आयोजना गर्न लागिएको जनाए ।
बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले पनि समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्ने पार्टीको अडान दोहो¥याए।














