जनकपुरम, २८ कात्तिक । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरताप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले समाज, प्रशासन, र विकास कार्यमा नकारात्मक असर पर्ने भएकाले सबै पक्षलाई संयमित र विधिसम्मत आचरण अपनाउन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख लाभले विज्ञप्ति जारी गर्दै भन्नुभएको हो, “प्रदेशमा बढ्दो अनिश्चितता, आशंका, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक कार्यसमेत प्रभावित भइसकेको छ ।
प्रमुख लाभले विधिसम्मत समाधान निकाल्दै सुशासन, सुशिक्षा, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणको अभियानमा सबै दल, राजनीतिक व्यक्तित्व, सञ्चार जगत, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र प्रदेशका कर्मचारीहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।
प्रदेश प्रमुखले सहकार्य, समन्वय र संवाद आवश्यक भएकोमा जोड दिनु भएको छ र भन्नुभएको छ, “समुन्नत भविष्यको मार्ग प्रशस्त गर्न सबैले हातेमालो गर्नुपर्छ। मधेश प्रदेशको प्रगतिको महाअभियानमा सबैको सक्रिय भूमिका अनिवार्य छ।
यस कदमले प्रदेशमा राजनीतिक स्थायित्व र सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।














