काठमाडौं,२७ कार्तिक । नेपालको उच्च शिक्षाक्षेत्र फेरि एकपटक नयाँ मोडमा पुगेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको कुलपति पदबाट प्रधानमन्त्रीलाई हटाउने गृहकार्य थालेको छ ।
लामो समयदेखि चलिआएको ‘प्रधानमन्त्री नै कुलपति’ प्रणालीले विश्वविद्यालयको स्वायत्तता, पारदर्शिता र नीति निर्माण प्रक्रियामा प्रश्न उठाउँदै आएको पृष्ठभूमिमा यो पहललाई महत्वपूर्ण मानिएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार सरकारले विश्वविद्यालय ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । उनका शब्दमा, “प्रधानमन्त्री कुलपति रहँदा विश्वविद्यालय स्वायत्त संस्था भएर काम गर्न सकेनन् भन्ने आवाज बलियो हुँदै गएको छ । नेपालमा विश्वविद्यालयहरूको प्रारम्भिक संरचना बनाउँदा प्रधानमन्त्रीको नेतृत्वमा कुलपति प्रणाली लागू गरिएको थियो ।














