काठमाडौं, ५ कार्तिक । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले निर्वाचनको वातावरण बनाउन गम्भीरता देखाउनुपर्ने बताएका छन् । उनका अनुसार सरकार निर्वाचनप्रति गम्भीर हुँदै गएको देखिए पनि आवश्यक वातावरण अझै बनेको छैन ।
प्रचण्डले अन्तरिम सरकारले निर्वाचन घोषणा गरेपछि निर्वाचनमै केन्द्रित हुने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र रहेको बताए । देशमा जेएनजी आन्दोलनपछि सार्वजनिक अपिल र कार्यक्रम सुरु गर्ने पनि माओवादी केन्द्र नै भएको उनको दाबी छ ।
वामपन्थी एकता सन्दर्भमा उनले समाजवादी मोर्चाभित्र रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अघि बढिरहेको जनाउँदै छठपछि नयाँ परिस्थिति देखिने विश्वास व्यक्त गरे ।














