काठमाडौं, ४ कार्तिक । आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल प्रधानमन्त्री सुशीला कार्कीले छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायत दलका प्रतिनिधिसहभागी छन् ।
छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन् । एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् ।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् भने रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी भएका छन् ।
यस्तै, राप्रपाबाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ जाने भएका छन् । जसपाबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् ।
नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् । त्यस्तै नेताहरू रेशम चौधरी, सर्वेन्द्रनाथ शुक्ला, प्रेम सुवाल र चन्दन सिंह सहभागी हुनेछन् ।
त्यस्तै पर्यवेक्षकको रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुनेछन् । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकेको छ ।
प्रधानमन्त्रीले यही निर्वाचन केन्द्रित छलफलका लागि दललाई बोलाएकी हुन् ।














