काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारसहित जेनजी प्रतिनिधिहरूसँगको छलफलमा युवा पुस्तालाई भ्रष्टाचार, नातावाद र कृपावादविरुद्धको महाअभियानस्वरूप आउँदो फागुन २१ को निर्वाचनलाई लिएर गम्भीर बन्न आह्वान गरेका छन् ।
उनले निर्वाचनलाई इतिहास रच्ने अवसरको रूपमा लिँदै इमान्दार र सक्षम नेतृत्व चयन गर्न आग्रह गरे । साथै, युवाहरूको आन्दोलनको सम्मानस्वरूप सरकारसमेत सहभागी गराई छलफल गरिएको स्पष्ट गर्दै, आन्दोलनका मागप्रति सरकार गम्भीर रहेको उल्लेख गरे ।
राष्ट्रपतिले केही व्यक्तिहरू आन्दोलनको आडमा आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयास गरिरहेको भन्दै त्यसबाट सावधान रहन आग्रह गरे ।
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले राष्ट्रपतिले देखाएको समर्पणको प्रशंसा गर्दै युवालाई सम्बोधन भावुक र प्रेरणादायी भएको बताइन् ।
बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरू तथा जेनजीका विभिन्न प्रतिनिधिहरू सहभागी थिए ।














