KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलन : २२ गाउँपालिका र १९ नगरपालिका भवनमा पूर्ण क्षति

जेनजी आन्दोलन : २२ गाउँपालिका र १९ नगरपालिका भवनमा पूर्ण क्षति

काठमाडौं, ८ असोज । भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनले मुलुकका स्थानीय सरकारका संरचनामा व्यापक क्षति पुर्याएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार देशभर ४० भन्दा बढी स्थानीय सरकारका प्रशासनिक भवनहरू पूर्णरूपमा क्षति भएका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार, नगरपालिका भन्दा बढी क्षति गाउँपालिकामा पुगेको छ ।

मधेश प्रदेशमा १० गाउँपालिकाको भवन आंशिक क्षति भएको छ भने बागमती प्रदेशमा ४ गाउँपालिकाको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा पाँच–पाँच वटा गाउँपालिकाको भवन पूर्णरूपमा क्षति भएको छ । कर्णाली प्रदेशमा भने कुनै क्षति नभएको जनाइएको छ । कोशी प्रदेशमै ४४ वटा वडा कार्यालय पूर्णरूपमा क्षति भएका छन् भने १२ वडा कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

जनप्रतिनिधिका निवासमा पनि क्षति

आन्दोलनका क्रममा गाउँपालिका तथा वडा कार्यालय मात्र नभई जनप्रतिनिधिहरूका घरहरू समेत आन्दोलनकारीको निशानामा परेका छन् । मधेश प्रदेशमा ४ जनप्रतिनिधिको निवास पूर्णरूपमा क्षति भएको छ भने गाउँपालिका स्तरमा ११ जनप्रतिनिधिको निवास पूर्णरूपमा र ३ जनप्रतिनिधिको निवास आंशिक क्षति भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी प्रमुख राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार, हालसम्मको तथ्यांक प्रारम्भिक मात्र हो र क्षतिको विवरण अझै बढ्न सक्ने सम्भावना छ । उनले भने, “गाउँपालिकाका भवनहरू क्षति भए पनि सेवा प्रवाह भने सुरु भइसकेको छ ।“

नगरपालिका संरचनामा क्षति

नगरपालिका महासंघका अनुसार, १९ नगरपालिकाका प्रशासनिक भवनमा आगजनी गरी क्षति पु¥याइएको छ । ७ नगरपालिकाका कार्यालयमा तोडफोड भएको छ भने २१ नगरपालिकाका भवन भने सुरक्षित रहेका छन् ।

नगरपालिका संघका पूर्वअध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुको घर आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो । धुलिखेल नगरपालिकाको कार्यालयमा समेत आगो लगाइएको थियो ।

क्षतिको संक्षिप्त विवरण

गाउँपालिका :

२२ पूर्ण क्षति

२७ आंशिक क्षति

वडा कार्यालय ः

४८ पूर्ण क्षति

३८ आंशिक क्षति

नगरपालिका ः

१९ भवनमा आगजनी

७ भवनमा तोडफोड

२१ भवन सुरक्षित

Facebook Comment


Related Posts

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

ताजा समाचार

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

बाढीमा पुरिएका २४ शव नुवाकोट ल्याइयो

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

ईडीएल-भिआरएसमार्फत लाइसेन्स छपाइ सुरु

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

यमन-साउदी तनाव बढ्यो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन आग्रह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

दलित संघ-संगठनद्वारा मन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह

जनताको कुरा सुन्न मेची-महाकाली यात्रा गर्दै सांसद अमरेश सिंह


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar