काठमाडौं, ५ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्कीले विभिन्न प्राविधिक र सामाजिक अभियन्ताहरुसँग परामर्श गर्दैछिन् ।
यही क्रममा उनले डा. पुनसँग भेट गरेर उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव राखेको अधिकारीले बताए । डा. पुनले भने सो प्रस्तावबारे अहिल्यै कुनै टिप्पणी गर्न चाहेनन् । उनले संक्षिप्त जवाफमा भने, “यो अहिले बोल्ने कुरा होइन ।”
जेनजी युवा आन्दोलनपछि तत्कालीन सरकार ढलेर बनेको अन्तरिम सरकारमा हालसम्म अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल मात्र छन् । कार्की नेतृत्वको सरकारले छिट्टै मन्त्रालय थप गर्ने तयारी गरेको छ ।














