काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ ।
महासंघको चौथो महाधिवेशन शुक्रबार देखि सुरु भएको थियो । सर्व सहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु गरिएको थियो । शनिबार साँझ मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलिएको हो ।
किसान महासंघको महाधिवेशन सभापति शेरबहादुर देउवाले त्रिवि कीर्तिपुरमा बिहीबार उद्घाटन गरेका थिए । नयाँ नेतृत्वको लागि मतदान पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको थियो ।














