ललितपुर, १८ भदौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । महाधिवेशनको तयारी धमाधम भइरहेको र करिब पूरा भएको पार्टीले जनाएको छ ।
निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने उक्त महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन् ।














