महोत्तरी, १५ भदौं । भूमि विधेयक विरुद्ध जनता समाजवादी पार्टी नेपाल महोत्तरीको जलेश्वरमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले भूमि विधेयक विरुद्ध नाराहरु लगाएका थिए ।
जलेश्वरको खैराचौकबाट शुरु भएको विरोध प्रदर्शन जलेश्वरको विभिन्न चोकको परिक्रमा गर्दै नगरपालिका चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।














