सिन्धुली, १५ भदौ । सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन् ।
उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन् । दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले बताए ।
फलामको खन्तीले टाउको र छातिमा हानेर हत्या गरिएको सुवेदीले जानकारी दिए । घरायसी विषयमा विवाद हुँदा छोराले आमालाई खन्तीले प्रहार गरेका थिए ।
हत्या गरेर भाग्दै गरेका तुलाराजलाई दुधौलीबाट खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको छ । थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।














