रसुवा, २५ असार । रसुवामा आएको बाढीको कारणले अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको स्थानीय प्रशासनले उद्धार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार विपद्मा परेको १३६ जनालाई हेलिकप्टरको ३४ फ्लाइट मार्फत उद्धार गरिएको हो ।
आज बिहानदेखि तीन वटै सुरक्षा निकायको संयोजनमा बाढीले फसेका मान्छेहरू, करिब १५० भन्दा बढीलाई रेस्क्यु गरेको बताईएका छन् ।














