काठमाडौं, २३ असार । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्ने भएका छन् ।
स्पेन भ्रमणबाट जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधिसभामा सम्बोधन गर्न भनेका हुन् ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थियो ।
स्पेनमा एक साता लामो बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेका थियो ।
प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबारे जानकारी दिने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए ।















