जनकपुर, २२ असार । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् ।
आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले यही असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन् ।















