काठमाडौँ, २० असार । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीभित्र विवाद एकपछि अर्को हुँदै झाङ्गिँदै गएको छ ।
पछिल्लो संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बनेसँगै मूलधारको राजनीतिमा होमिएको जनमतभित्र अहिले अनेकन् खालका विवादहरू छन् । खासगरी पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतका सहोदर दाइ डा. जयकान्त राउत उपाध्यक्ष मनोनीत गरिएसँगै यो आरोप सुरु भएको हो ।
जनमतले गत असार १७ गते जयकान्तसहित दानबहादुर चौधरीलाई पनि पार्टीको उपाध्यक्ष मनोनीत गरेको छ, अहिले यसको आलोचना भइरहेको छ ।
१४ वर्ष लामो सङ्घर्षपछि पनि कुनै गैरपारिवारिक पात्रले सङ्गठन विभाग प्रमुखजस्तो महत्त्वपूर्ण जिम्मेवारी नपाउनु, र अध्यक्षका दाजुलाई एकसाथ तीन–तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको छ,’ साहले भनेका छन् ।
पार्टी निर्माणमा डेढ दशकसम्म योगदान गर्नेहरूलाई बेवास्ता गरेर पारिवारिक सदस्यहरूलाई यसरी अवसर दिँदा पार्टीलाई गम्भीर क्षति हुने साहले बताएका छन् ।














