काठमाडौं, १९ असार । कोसी प्रदेशका मन्त्री हेरफेरको तयारी सुरु भएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता समीकरण भएको एक वर्ष पुग्दै गर्दा मन्त्रीहरू फिर्ता बोलाउने तयारीमा दलहरू पुगेका छन् ।
केही मन्त्रीहरूको कार्यशैली, केही मन्त्रीहरूले गरेको व्यवहारका कारण उनीहरूलाई फिर्ता गर्ने तयारीमा दलहरू पुगेको सत्ता पक्षीय दल निकट स्रोतले जनाएको छ ।
परिवर्तन गर्नुपर्ने पहिलो रेड जोनमा पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल परेका छन् । त्यसपछि अन्य मन्त्रीहरूलाई पनि फिर्ता बोलाउनु पर्ने बारेमा दलहरू भित्र आन्तरिक छलफल भइरहेको छ ।
मन्त्रीहरूको कार्यशैलीको विषयमा प्रश्न उठ्न थालेपछि कांग्रेस र एमाले दुवै संसदीय दलभित्र मन्त्रीका बारेमा भइरहेको टिप्पणी बाहिर आएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठक भित्र त बजेट वितरणको विषयलाई लिएर मन्त्री र सांसदको बिच हात हालाहालको अवस्था आएको स्रोतले बताएका छ ।














