काठमाडौं, १८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको बताएका छन् ।
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले बुधबार प्रदेश प्रमुखहरूसँग शीतल निवासमा भएको भेटमा यस्तो बताएका हुन् ।
प्रदेश प्रमुखहरू समग्रमा संघीयताको सेतु भएको उनले बताए ।
प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।














