जनकपुर, १८ असार । धनुषामा ज्वाइँले ससुरामाथि चक्कु प्रहार गरी हत्या गरिएको घटना बाहिर आएको छ ।
जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर निवासी ६५ वर्षीय बासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँ बेचन महासेठद्वारा हत्या गरिएको छ ।
जनकपुर २१ कुर्थाका ४८ वर्षीय महासेठले बुधवार बिहान पौने १० बजे ससुरालाई घरमै चक्कु प्रहार गरेको छ ।
घरायसी जग्गा विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताए । गम्भीर घाइते भएका विमललाई प्रादेशिक अस्पताल जनकपुर पु¥याइए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि आरोपी बेचन फरार छन् भने मृतक बासुदेवप्रसाद विमल जनकपुरका मेयर मनोज साहका काका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














