रौतहट, १८ असार । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र यादवले बताए ।
यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए । उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए ।
स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए ।














