जनकपुर, १७ असार । धनुषामा कलाकार अभिनास झा (कलकतियावाली) की पत्नी अन्सा सदाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।
अन्सा सदा असार १० गते झुण्डिएको अवस्थामा आफ्नै घरमा(सुटिंग गर्ने स्थल,नोचपुर) मृत फेला परेकी थिइन् ।
धनुषा प्रहरी प्रमुख (एसपी) नरहरी रेग्मीले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सो घटनालाई प्रहरीले उच्च प्राथमिकताका साथ लिएको बताए ।
“मृत्युको कारण स्पष्ट नभएको हुँदा अनुसन्धान जारी छ, हामी सबै पक्षहरूलाई समेटेर अनुसन्धान अघि बढाइरहेका छौं,“ एसपी रेग्मीले बताए ।
यता अर्को घटनामा, धनुषा प्रहरीले दुई फरक अपराधमा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको छ । एकजना व्यक्ति लागुऔषध (खैरो हिरोइन) सहित पक्राउ परेका छन् भने अर्को एक पुरुषले सामाजिक सञ्जालको प्रयोग गरी महिलालाई ब्ल्याकमेल गरेको अभियोगमा पक्राउ परेका छन् ।
एसपी रेग्मीका अनुसार लागुऔषधसहित पक्राउ परेका व्यक्ति लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा लिइएको थियो ।
अर्कोतर्फ, ब्ल्याकमेलिङ मुद्दामा पक्राउ परेका युवकले एक महिलाका व्यक्तिगत तस्बिर तथा जानकारी प्रयोग गरी मानसिक तनाव दिने र आर्थिक लाभ लिन खोजेको आरोप छ । प्रहरीले दुबै घटनाको थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।
https://www.facebook.com/kpkhabar02/videos/1259393822295269














