KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षा, रोजगारी र समानताको आवाज : बेचन दासको योजनागत सम्वाद

शिक्षा, रोजगारी र समानताको आवाज : बेचन दासको योजनागत सम्वाद

अन्तरवार्ता : कुलदिप दास
प्रश्न १: नगरप्रमुखज्यू, तपाईं दलित समुदायबाट निर्वाचित नगर प्रमुख हुनुहुन्छ । यो जिम्मेवारी पाउँदा कस्तो अनुभूति भइरहेको छ?
नगरप्रमुख बेचन दास
सबैभन्दा पहिला म विदेह नगरबासीप्रति आभार प्रकट गर्न चाहन्छु । दलित समुदायबाट म निर्वाचित हुनु यो हाम्रो लोकतन्त्रको एक ऐतिहासिक कदम हो । म केवल दलित समुदायको प्रतिनिधि होइन, म सम्पूर्ण नगरवासीको सेवक हुँ । अब मलाई प्रमाणित गर्नुछ – दलित समुदाय पनि नेतृत्व गर्न सक्छ, र देश निर्माणमा सक्षम भूमिका खेल्न सक्छ ।
प्रश्न २: शिक्षा क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ? सुधारका लागि के योजना छ?
नगरप्रमुख बेचन दास
विदेहमा अझै धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् । विशेष गरी दलित तथा विपन्न वर्गका बालबालिकाको उपस्थिति कम छ । यसलाई ध्यानमा राख्दै हामीले सामुदायिक विद्यालयमा डिजिटल कक्षा र नियमित शिक्षक अनुगमन गर्ने व्यवस्था सुरु गरेका छौं । ‘एक घर, एक विद्यार्थी उच्च शिक्षा’ अभियानमार्फत छात्रवृत्ति कार्यक्रम पनि बढाउँदैछौं ।
प्रश्न ३ : स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि के पहल भइरहेको छ?
नगरप्रमुख बेचन दास
हामीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा पहुँच पु¥याउने लक्ष्य राखेका छौं। प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ सै घण्टा सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका विस्तार गर्ने र सुरक्षित मातृत्व सेवामा जोड दिने योजना छ । साथै, दलित र पिछडिएको वर्गलाई लक्षित स्वास्थ्य बीमा अभियान सञ्चालन गर्दैछौं ।
प्रश्न ४: कृषि विदेहको प्रमुख आर्थिक आधार हो । किसानलाई सहयोग गर्न के गरिंदैछ?
नगरप्रमुख बेचन दास
कृषि नै हाम्रो मेरुदण्ड हो । तर, कृषक अझै परम्परागत प्रणालीमा अड्किएका छन् । त्यसैले, हामीले किसान परिचयपत्र वितरण, सिंचाइ सुविधा विस्तार, अनुदानमा बीउ र मल वितरण जस्ता कार्यक्रम सुरु गरेका छौं । स्थानीय स्तरमै ‘कृषक सहकारी केन्द्र’ स्थापना गरी उत्पादनको बजार सुनिश्चित गर्न खोज्दैछौं ।
प्रश्न ५: युवाहरूको विदेश पलायन बढ्दो छ । स्थानीय रोजगारीका सम्भावनाबारे तपाईंको दृष्टिकोण के हो?
नगरप्रमुख बेचन दास
यो हाम्रो सबैभन्दा चिन्ताजनक पक्ष हो । हामीले युवाहरूलाई लक्षित गर्दै सीपमूलक तालिम, उद्यमशीलता अनुदान कार्यक्रम र सहकारी माध्यमबाट व्यवसायिक कृषि सञ्चालन गर्न प्रोत्साहन गरिरहेका छौं । नगरपालिकाले रोजगारी सृजनालाई प्राथमिकता दिएको छ – युवा उत्पादनमा जोड दिनुपर्छ, निर्यातमा होइन ।
प्रश्न ६: दलित समुदाय अझै पनि विभेदको चपेटामा छ । नगर प्रमुखको हैसियतमा के परिवर्तन ल्याउने सोच राख्नु भएको छ?
नगरप्रमुख बेचन दास
दलित हुनु आफ्नो दोष होइन, तर दुर्भाग्यपूर्ण इतिहासको हिस्सा हो । अब हामी त्यो इतिहासलाई बदल्नुपर्छ । मेरो पहिलो काम भनेको दलित समुदायभित्र आत्मविश्वास निर्माण गर्नु हो । सेवा, अवसर, सम्मान सबैमा समान पहुँच दिन म कटिबद्ध छु । हाम्रो पालिकाले ‘समावेशी नीति’ ल्याउने तयारीमा छ, जसले दलित, महिला, जनजाति सबैलाई बराबरी अवसर दिन्छ ।
प्रश्न ७: अन्तिममा, नगरवासीहरूप्रति के सन्देश दिन चाहनुहुन्छ?
विदेह हाम्रो साझा घर हो । यसको विकास हामी सबैको जिम्मेवारी हो । म एकजना जनप्रतिनिधि मात्र हुँ – सफलताका लागि तपाईंहरूको साथ र सुझाव अत्यन्त आवश्यक छ । म वाचा गर्छु – म सधैं सत्य, पारदर्शिता र समर्पणका साथ काम गर्नेछु ।

Facebook Comment

Related Posts

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar